२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई काँग्रेस सांसद यादवको आग्रह– आरोपलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी प्रकरणमा छानविनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गर्नुभएको हो । उहाँले सो आरोपको निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर नल्याएसम्म गृहमन्त्रीलाई आरोपले नछोड्ने र जिन्दगीभर लखेट्ने बताउनु भयो । उहाँले संसदीय समिति बनाएर अनुसन्धान गर्नु गृहमन्त्रीकै हितमा हुने बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताउनु भयो । रास्वपाका यि दुई नेताहरुमाथि पनि निष्पक्ष छानविन गर्न उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मेरो आग्रह माननीय गृह मन्त्रीलाई पनि छ, गृहमन्त्रीले केही नयाँ गर्छु भनेर आउनु भएको छ । सकेसम्म चाँडो छानविन समिति बनाएर आरोपलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुहोस् । यो आरोपमा निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर नल्याएको सम्बन्धमा यो आरोपले तपाईलाई कहिल्यै छोड्नेछैन । जिन्दगीभर लखेट्ने छ । त्यसकारण समिति बनाएर यो विषयमा अनुसन्धान हुने कुरा यो तपाईकै हितमा हुन्छ । म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, तपाई पत्रकार रहँदा गोर्खा मिडिया प्रा.लि.मा २०७७ चैत्रदेखि २०७९ असारसम्म तपाई संलग्न भएको हो कि होइन ? सञ्चालक र प्रवन्ध निर्देशक भएको हो कि होइन ? गोर्खा मिडियामा करोडौँ लगानी भएको हो कि होइन ? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन ? तथ्यले बताउँछ सहकारीको पैसा तपाईको संस्थामा आएको छ ।’

‘त्यो पैसा कसको हो त ? तपाईको व्यक्तिगत पैसा होइन । कसैले दान दिएको पनि होइन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्र्याइएको छ । त्यो काम श्रममन्त्रीको हो भन्ने छ । यो सहकारीको छानविनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानविन आवश्यक छ । संसदीय समिति बनाऔँ ।’

उहाँले सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँग्रेसको अनिवार्य शर्त भएको स्पष्ट पार्नुभयो ।