२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री बस्नेतले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको संलग्नता रहेको उल्लेख गर्दै विशेष प्राथमिकता भने स्वदेशी निजी क्षेत्रलाई दिइएको स्पष्ट पार्नुभयो । उहाँले नेपालको संविधानले समृद्धिका लागि निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारको भुमिकाको स्पष्ट व्यवस्था गरेकाले सोही अनुसार लगानीको व्यवस्था गरिएको पनि स्मरण गराउनु भयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘सरकारले काम गर्ने भनेको सरकारको निम्ति मुल निर्देशक सिद्धान्त भनेको संविधाननै हो । संविधानले गरेको व्यवस्था नै हो हरेक सरकारका लागि संविधानले व्यवस्था गरे बमोजिम संविधानले व्यवस्था गरेको नीति, निर्देशन, निर्देशक सिद्धान्तहरु, अन्य कानूनी व्यवस्थाहरु जे छन्, त्यो द्धारा नै सरकार निर्देशित हुने हो । अव अहिले हाम्रो संविधानले हामीलाई गरेको मार्गदर्शन, अहिलेको संवैधानिक व्यवस्था भनेको सरकार, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सहकारी क्षेत्रको साझेदारीमा आर्थिक विकास र समृद्धिको यात्रा गर्ने र समृद्धि हासिल गर्ने जो हाम्रो संवैधानिक व्यवस्था छ ।’

‘त्यो संवैधानिक व्यवस्थाको मार्गदर्शनमा नै सरकारले काम गर्दछ पहिलो । त्यसकारणले यो जलविद्युतको क्षेत्रपनि त्यसको अपवाद हुने कुरा भएन । र हामीले यो संवैधानिक मार्गदर्शन भित्र रहेर नै सरकाले काम गरिराखेको छ । यसमा निजी क्षेत्र, सामुदायिक क्षेत्र र सरकारको पनि भुमिका छ । स्वदेशी, विदेशी दुवै निजी क्षेत्रको सहभागिता रहेको छ । र सरकारले स्वदेशी निजी क्षेत्रलाई फेरि विशेष प्राथमिकतामा राखेर व्यवहार गर्ने गरिराखेको छ । यो कुरा म राख्न चाहन्छु ।’

मन्त्री बस्नेतले जलविद्युतको विकासमा नेपालले केही वर्ष भित्र फड्को मार्ने दाबी समेत गर्नुभयो ।