२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आरसीबीको खराब लय जारी, लखनउसँग २८ रनले पराजित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल) को १५ औं खेलमा लखनउ सुपरजाइन्ट्स (एलएसजी)ले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)लाई २८ रनले पराजित गरेको छ ।

लखनउले चालू सिजनमा लगातार दोस्रो जित हात पारेको हो । यो जितसँगै लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने बैंगलोर नवौं स्थानमा छ ।

एम चिन्नास्वामी स्टेडियममा मंगलबार भएको खेलमा बैंगलोरले टस जितेर बलिङ रोजेको थियो । लखनउले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

जवाफमा बैंगलोरको टोली आफ्नै घरेलु मैदानमा १९.४ ओभरमा १५३ रनमा अलआउट भयो । लखनउका मयंक यादवले ३ विकेट लिए । उनी लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच भए ।

एलएसजीका लागि क्विन्टन डी ककले ५६ बलमा ८१ रनको इनिङ खेले। उनले ८ चौका र ५ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले २४ रनको छोटो इनिङ्स खेले भने कप्तान केएल राहुलले २० रन खेले । अन्त्यमा निकोलस पुरनले २१ बलमा ५ छक्का प्रहार गर्दै ४० रन बनाए । ग्लेन म्याक्सवेलले सर्वाधिक २ विकेट लिए ।

पहिले ब्याटिङ गर्न आएको लखनउलाई कप्तान केएल राहुल र डी ककले राम्रो सुरुवात दिलाए । दुबैले ५३ रनको ओपनिङ पार्टनरसिप गरे । त्यसपछि मार्कस स्टोइनिस र क्विन्टन डी ककबीच ५६ रनको साझेदारी भयो । अन्त्यमा कृणाल र पुरनले १२ बलमा अविजित ३३ रन जोडे ।

एलएसजीका लागि क्विन्टन डी ककले ५६ बलमा ८१ रनको इनिङ खेले । उनले ८ चौका र ५ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले २४ रनको छोटो इनिङ्स खेले भने कप्तान केएल राहुलले २० रन जोडे । अन्त्यमा निकोलस पुरनले २१ बलमा ५ छक्का प्रहार गर्दै ४० रन बनाए । आरसीबीका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २ विकेट लिए ।

बैंगलोरका तर्फबाट विराट कोहलीले २२ रन र फाफ डु प्लेसिसले १९ रन बनाए । नम्बर ३ मा रजत पाटीदारले २९ रन बनाए । त्यसपछि प्रभावशाली खेलाडीको रुपमा आएका महिपाल लोमरले १३ बलमा ३३ रन बनाए । लखनउका बलिङमा मयंक यादवले ३ विकेट लिए । नवीन उल हकले आफ्नो खातामा २ सफलता हात पारे ।

१८२ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले लगातार विकेट गुमायो । कप्तान फाफ डु प्लेसिस र विराट कोहलीले २६ बलमा ४० रनको ओपनिङ साझेदारी गरे । विराट कोहली आउट भएपछि टोलीको विकेट झर्न थाल्यो र टोलीले पुनरागमन गर्न सकेन । बीचमा पाटीदार–रावत र कार्तिक–लोमर बीच सानो साझेदारी थियो, तर रन चेसका लागि ती पर्याप्त थिएन ।

लखनउले चालू सिजनमा लगातार दोस्रो जित हात पारेको छ । टोलीले पछिल्लो खेलमा पञ्जाबलाई पराजित गरेको थियो भने एलएसजी आफ्नो ओपनिङ खेलमा राजस्थानसँग पराजित भएको थियो । टोलीले ३ मध्ये २ खेल जितेर ४ अंक जोडेको छ ।

अर्कोतर्फ रोयल च्यालेन्जर्स बैंगलोरले सिजनको तेस्रो खेलमा हार बेहोरेको छ । घरेलु मैदानमा बैंगलोरको यो लगातार दोस्रो हार हो। टोली चेन्नई र कोलकातासँग पराजित भएको थियो । बैंगलोरको एक मात्र जित पञ्जाबविरुद्ध थियो । आरसीबी अंक तालिकाको नवौं स्थानमा छ । आरसीबीले ४ मध्ये १ खेल जितेर २ अंक मात्र जोड्न सकेको छ ।

आजको खेलः दिल्ली क्यापिटल्स भर्सेस कोलकाता नाइट राइडर्स – बेलुका ७ः४५ बजे




भर्खरै