२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्र फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनल प्रवेश



अ+ अ-

मोरङ । विराटनगरको सहिद रङ्गशालामा जारी रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरी काठमाडौँको मछिन्द्र फुटबल क्लबल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आठौँ संस्करणको उक्त गोल्डकपमा मछिन्द्रका जर्सी नं. ३० का स्टेफेन बिनोङले मध्यान्तर अगाडि १० मिनेटमा एक गोल गरेका थिए । कोलकोत्ताका साउर्थनका जर्सी नं १७ का सोनु हवल्दारले ३२ मिनेटमा गोल फर्काएर खेल बराबरमा पुर्याएका थिए ।

मध्यान्तरपछि मछिन्द्रका जर्सी नं ३० का स्टेफेनले ५५ मिनेटमा पुनः एक गोल गरी मच्छिन्द्र फुटबल क्लबलाई सेमिफाइनलमा प्रवेश गराउन सफल भएका हुन् । मछिन्द्रका स्टेफेन खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद रु ११ हजार प्राप्त गरेका छन् ।

बुधबारको पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । विराट गोल्ड कप ट्रष्टद्वारा प्रतियोगिता आयोजना गरिएको हो ।