२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा माग र महत्व बढ्दै गइरहेको जिकिर गर्नुभयो । उहाँले नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको बतउनु भयो ।

उहाँले नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बतउनु भयो । उहाँले गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको बताउनु भयो । उहाँले मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि पर्याप्त नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्वपूर्ण भुमिका छ । पछिल्लो तथ्यांकअनुसार ९ सय ८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ । नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ । त्यसमा मकैको निकै महत्वपूर्ण भुमिका छ । नेपालको निजी क्षेत्रको वार्षिक करिव ६ लाख मेट्रिक्टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिव ४० अर्ब जति लगानी गरेको तथ्यांक छ ।’

‘यसमा नेपालको आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ । नेपालमा मकैको आवश्यकता औद्योगिक उत्पादनको लागि प्रत्येक वर्ष बढेर गएको छ । जस्तो गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको देखिन्छ । मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि पर्याप्त छैनन् ।’

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गर्नुभयो । आन्तरिक मागलाई धान्नसक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।