२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिमा रहेका विधेयकहरु निश्चित समयमा संसदमा आउनैपर्ने व्यवस्था गरौँ: सांसद दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदीय समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनैपर्ने कार्यतालिका बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले विभिन्न संसदीय समितिहरुमा विधेयकहरु अड्किएको बताउनुभएको हो । उहाँले कुन समस्याका कारण समितिमा विधेयकहरु अड्किएका हुन् भन्ने सम्बन्धमा समिति सभापतिहरुसँग सभामुखले बुझ्नुपर्ने बताउनु भयो । उहाँले समितिहरुमा अड्किएका विधेयकहरु निश्चित समयमा प्रतिनिधि सभामा आउनुपर्ने कार्यतालिका बनाएर अगाडी बढ्न सभामुखलाई आग्रह गर्नुभयो । उहाँले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन गर्नका लागि चुकिरहेको भन्दै विगतको जस्तैगरी सरकार र संसद सञ्चालन गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मेरो सभामुखलाई विनम्र अनुरोध छ, समिति सभापतिज्युहरुसँग सभामुखज्युले बैठक बोलाउनुपर्‍यो । कुन समितिमा किन त्यो विधेयक अड्किएको छ, त्यो विधेयक किन फेरि सदनमा फर्किएर आउँदैन ? समस्या के–के हुन् ? समस्या समाधान हामीले नै गर्ने हो । कुनैपनि हालतमा ति विधेयकहरु निश्चित समय कार्यतालिका बनाएर तिनीहरु संसदीय समितिबाट सदनमा आउने बाटो खोल्ने पहलका निम्ति म सभामुखज्युलाई हार्दिक अनुरोध गर्दछु ।’

‘त्यसैगरी सदनमा प्रश्तुत भएका विधेयकहरुमा हामीले सार्थक बहस गर्नुपर्ने छ, परिमार्जनसहित पास गर्नुपर्नेछ । संविधान निर्माण भएको ८ वर्षमा संघीयता कार्यान्वयन गर्नेकुरा, संविधानमा व्यवस्था भएको मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्ने प्रक्रियामा हामी चुकेका छौँ । विगतको सदन, विगतको सरकार जसरी सञ्चालन भएको थियो । विगतका सत्ताको संरचना जसरी सञ्चालन भइरहेका थिए त्यसैगरी सदन सञ्चालन गर्‍यौँ । त्यसैगरी सरकार सञ्चालन गर्‍यौँ । त्यसैगरी सत्ता अन्तर्गतका संरचनाहरुको सञ्चालन गर्‍यौँ भने हाम्रा समस्याहरुको समाधान हुँदैन ।’

उहाँले रणनीतिक सडकहरु र वैकल्पिक लोकमार्गहरु अलपत्र अवस्थामा रहेका भन्दै ति आयोजनाहरुलाई यसै आर्थिक वर्षमा सुुचारु गर्नेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।