२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम अन्वेषण गर्ने उपकरण बोकेको ट्रक कर्णाली राजमार्गमा दुर्घटना



अ+ अ-

काठमाडौं । पेट्रोलियम अन्वेषणसम्बन्धी उपकरण बोकेको ट्रक कर्णाली राजमार्गको दैलेखमा पर्ने पालीमा दुर्घटना भएको छ । नेपालगञ्जबाट सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा सामान लैजादै गरेको ट्रक दुर्घटनामा परेको हो ।

साँघुरो सडकमा ठूला मालवाहक सवारी लैजाँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । आयोजनाले पनि ठूला उपकरण बोकेका ट्रक दैलेख पुग्न कठिन भएको जनाएको छ । कर्णाली राजमार्गको मोड साना भएकाले ठूला ट्रक पार गराउन समस्या छ ।

चीन सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक भित्रिइसकेका छन्, १ सय २८ वटा ट्रक पुग्ने क्रममा छन् । तर सडक साघुरो हुँदा ती ट्रक अन्वेषणस्थल भैरवी गाउँपालिका–१ जलजले पुग्न समस्या भएको छ ।

२०७२ साल चैतमा नेपाल र चीनबीच पेट्रोलियम पर्दाथ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । योसँगै २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत गरिएको थियो । उपकरण आयोजना स्थल पुगेसँगै जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ ।

ड्रिलिङको काम सकिएलगत्तै पेट्रोलियम खानीको अवस्था र उत्खनन् टुंगो लाग्नेछ । दैलेखका नाभिस्थान, श्रीस्थान, पादुकाका क्षेत्रलाई आधार मानेर ४ सय वर्गकिलोमिटर क्षेत्रफल समेट्ने गरी सर्वेक्षण गरिएको छ ।