२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: गुजरातले घरेलु मैदानमा पहिलो पटक पञ्जाबको सामना गर्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको १७ औं खेलमा आज गुजरात टाइटन्स र पञ्जाब किंग्स खेल्दैछन्। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

गुजरातले आफ्नो घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा कुल १२ खेल खेलेको छ। जसमा आठ खेल जितेको छ भने चार खेलमा हार बेहोरेको छ । गुजरातले यहाँ खेलेको ६७% खेल जितेको छ। यसै मैदानमा टोलीले आफ्नो पहिलो लिग उपाधि पनि जितेको थियो। यस मैदानमा गुजरात र पञ्जाब पहिलो पटक आमनेसामने हुँदैछन् ।

यो सिजन आज गुजरात र पञ्जाब दुवै टोलीले आफ्नो चौथो खेल खेल्दैछन्। गुजरात तीन खेलबाट दुई जितसहित अंक तालिकाको पाँचौं स्थानमा छ। अर्कोतर्फ, पञ्जाबले तीन मध्ये एक खेल मात्र जितेको छ र तालिकाको आठौं स्थानमा छ।

हेड टु हेड

आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म जम्मा ३ खेल खेलिएका छन् । जसमा गुजरातले २ खेल जितेको छ भने पञ्जाबले एउटा मात्र जितेको छ ।

गुजरातका मध्यक्रमका ब्याट्सम्यान साई सुदर्शनले टोलीका लागि सबैभन्दा बढी रन बनाएका छन्। साईले अन्तिम ३ खेलमा ११९ को स्ट्राइक रेटमा १२७ रन बनाएका छन् । यस्तै, बलरमा मोहित शर्माले सर्वाधिक विकेट लिएका छन् ।उनले ३ खेलमा ६ विकेट लिएका छन् ।

यस्तै, शिखर धवन पञ्जाब किंग्सका शीर्ष ब्याट्सम्यान हुन् । धवनले एक अर्धशतक सहित कुल १३७ रन बनाएका छन् । टिमका लागि अलराउन्डर साम कुरनले सर्वाधिक ४ विकेट लिएका छन् ।

पिच रिपोर्ट

अहमदाबादको पिच ब्याटिङमैत्री मानिन्छ। हालसम्म यहाँ २९ आईपीएल खेल खेलिएका छन् । जसमा १४ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोली र १५ खेलमा रन पछ्याएको टोली विजयी भएको छ ।

मौसम अवस्था

बिहीबार अहमदाबादमा बादल हुनेछ । तर वर्षाको कुनै सम्भावना छैन। आज यहाँको तापक्रम ३७ देखि २५ डिग्री सेल्सियससम्म रहन सक्छ।

गुजरात टाइटंसको सम्भावित प्लेईङ ११:

शुभमन गिल (कप्तान), ऋद्धिमान साहा, अजमतुल्लाह ओमरजई, डेविड मिलर, विजय शंकर, राहुल तेवतिया, राशिद खान, उमेश यादव, मोहित शर्मा, नूर अहमद और दर्शन नालकंडे।

इम्पैक्ट प्लेयर: साई सुदर्शन।

पंजाब किंग्सको सम्भावित प्लेईङ ११:

शिखर धवन (कप्तान), जॉनी बेयरस्टो, सैम करन, लियम लिविंगस्टन, जितेश शर्मा (विकेटकीपर), शशांक सिंह, हरप्रीत बरार, राहुल चाहर, हर्षल पटेल, अर्शदीप सिंह और कगिसो रबाडा।

इम्पैक्ट प्लेयर: प्रभसिमरन सिंह।




भर्खरै