२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटाका दुई सामुदायिक वनमा भीषण डढेलो, बस्ती जोखिममा



अ+ अ-

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका दुई वटा सामुदायिक वनमा भीषण डढेलो लागेको छ । वडा नं. ६ र ७ को सिमानामा पर्ने वनमा बनपाला र छुम्लिङ गाउँको नजिक दुरीमा रहेको गढीसिंहदेवी सामुदायिक वनमा डढेलो लागेको हो ।

डढेलो फैलिँदै गएपछि याङपाङ गाउँसमेत जोखिममा परेको थियो । प्रहरी र स्थानीयको सहयोगमा अग्नीरेखा बनाएर डढेला नियन्त्रणमा लिइएको छ । बजार क्षेत्र नजिकसम्म फैलिएको आगो अहिले नियन्त्रणमा आएको छ । झाँक्री पार्क क्षेत्रमा भने डढेलो नियन्त्रण बाहिर नै छ ।

हिजो दिउँसोदेखि सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन् । सामुदायिक वनको डढेलोले नजिकै रहेको काफ्ले गाउँ जोखिममा छ । यस क्षेत्रका करिब ५० घर जोखिममा छन् ।

बाटोको पहुँच नभएकाले दमकल पुर्‍याउन सकिएको छैन । छुम्लिङ क्षेत्रबाट सुरु भएको डढेलो नजिक रहेको दुई वटा सामुदायिक वनमा सल्किएको थियो । अत्यधिक हावाको कारण आगो नियन्त्रण बाहिर गएको स्थानीयको भनाइ छ ।