६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरोडाले नेपाललाई दियो १५७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल बरोडासँग खेलिरहेको छ ।

बरोडाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको बरोडाले २० ओभरमा ८ विकेट गुमाएर १५६ रन जोड्यो ।

नेपाल लगातार तीन खेलमा जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो ।

बरोडाले भने यसअघिका नेपाल र गुजरातसँगका सबै खेलमा पराजय ब्यहोरेको छ ।