५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्डसिप कपको उपाधिका लागि गुजरातसँग खेल्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा आज आइतबार फाइनल खेल्दैछ ।

गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आज आइतबार दिउँसो नेपालले गुजरातविरुद्ध उपाधिका लागि खेल्न लागेको हो । यसअघि भएका दुई प्रतिस्पर्धामा नेपालले गुजरातलाई पराजित गरेको थियो ।

लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको थियो ।

नेपाली क्रिकेट टोलीको भारत भ्रमणलाई आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रुपमा हेरिएको छ ।

विश्वकपमा नेपाल समूह ‘डी’मा छ । नेपालको यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।