२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी



अ+ अ-

काठमाडौं । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ ।

प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ ।

प्रदर्शनीमा नेपालको पर्यटनबारे जानकारी दिने प्रवर्द्धनात्मक भिडियो प्रस्तुत गरिएको थियो भने नेपालबाट निर्यात हुने चिया, कफी, पस्मिनाका सल, हस्तकलाका सामग्री राखिएका थिए । प्रदर्शनीमा नेपालको विविधता झल्कने सांस्कृतिक एवं कलात्मक प्रस्तुति पनि समावेश गरिएको थियो ।

नेपालको प्रदर्शनीस्थलमा आएका धेरै आगन्तुकले नेपालका पर्यटकीय गन्तव्य, भ्रमण गर्ने उपयुक्त समय, नेपालको मौसम एवं तापक्रम र यहाँको भ्रमण गर्न उपयुक्त हुने यातायातका साधनबारे पनि जानकारी लिएका थिए ।

प्रदर्शनीमा यात्रा व्यवस्थापन गर्ने निकाय, होटल व्यवसायी, विमान कम्पनी, विभिन्न देशका यात्रा प्रवर्द्धक कम्पनी, ओटावास्थित विभिन्न देशका राजदूतावासले आफ्नो मुलुकका पर्यटकीय गन्तव्य एवं अन्य उत्पादनबारे सामग्री प्रस्तुत गरेका उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस