२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला २ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ । बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला २ सष् रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार छापावाला सुन प्रतितोला एक लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बुधबार कै मूल्यमा यथावत रहि प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।