२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जिताले गरिन् सुदूरपश्चिम संसदीय दलका नेतालाई निलम्बन



अ+ अ-

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

अध्यक्ष रन्जिता श्रेष्ठले पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै चौधरीलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।

पटकपटक बैठक बोलाउँदा नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको भन्दै घनश्यामलाई निलम्बन परेको पत्र रन्जिताले सभामुख भीम भण्डारीलाई पठाएकी छन् ।

यसअघि रन्जिताले संसदीय दलको नेताको जिम्मेवारीबाट रेशम पक्षका घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् । तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि उनले घनश्यामलाई निलम्बन गरेकी हुन् ।