२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज: अन्तिममा रहेको बेंगलुरु र हैदरावाद खेल्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३०औं खेलमा आज रोयल्स च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले सनराइजर्स हैदरावाद (एसआरएच) को सामना गर्दैछ । बेङ्लुरुको एम चिन्नास्वामी स्टेडियममा हुन लागेको अ‍ेल नेपली समयअनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ ।

बेंगलुरुको यो सातौं खेल हुनेछ । ६ खेलमा १ जित हात पारेको टोली २ अंकसहित अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ, यो हैदरावादको छैटौं खेल हुनेछ। ५ मध्ये ३ जित निकालेको टोली ६ अंकसहित चौथो स्थानमा छ ।

हेड-टु-हेडमा हैदरावाद अगाडि

आईपीएलमा बेंगलुरु र हैदरावादबीच अहिलेसम्म जम्मा २३ खेल खेलिएका छन् । जसमा एसआरएचले १२ खेल जितेको छ भने आरसीबीले १० खेल जितेको छ । दुई टोलीबीच बैंगलोरमा कुल ८ खेल खेलिएको थियो । जसमा बेंगलुरुले ५ र हैदरावादले २ खेल जितेको छ । एक खेल भने अनिर्णित रह्यो।

विराट कोहली लिगका सर्वाधिक रनकर्ता

बेंगलुरुको लागि स्टार ब्याट्सम्यान विराट कोहलीले सर्वाधिक रन बनाएका छन् । उनी यो सिजन लिगको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले ६ खेलमा ३१९ रन बनाएका छन् । बलिङमा यश दयाल शीर्ष स्थानमा छन् । उनले ५ विकेट लिएका छन् ।

हैदरावादका कप्तान कमिन्स सर्वाधिक विकेट लिने खेलाडी

हैदरावादका लागि हेनरिक क्लासेनले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १८६ रन छन् । कप्तान प्याट कमिन्स सर्वाधिक विकेट लिने बलर हुन्, उनको नाममा ६ विकेट छ ।

पिच रिपोर्ट

बेंगलुरुको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ । हालसम्म यहाँ ९१ आईपीएल खेल खेलिएका छन् । जसमा पहिले ब्याटिङ गरेको टोलीले ३८ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले ४९ खेल जितेको छ । यहाँ खेलिएका ४ खेल निर्णायक रह्यो ।

रोयल च्यालेन्जर्स बेंगलुरुको सम्भावित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, रजत पाटीदार, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, रीस टोपले, विजय कुमार वैशाख, आकाश दीप र मोहम्मद सिराज।

इम्प्याक्ट प्लेयर: सौरभ चौहान।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, एडेन मार्कराम, शाहबाज अहमद, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, नितिश कुमार रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

इम्प्याक्ट प्लेयर: जयदेव उनाडकट।




भर्खरै