८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको सदस्यमा डा अन्जान शाक्य नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ८६ को उपधारा (२)को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा उहाँलाई सदस्यमा मनोनित गर्नुभएको हो ।

चैत ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनितका लागि सिफारिस गरेको थियो ।

पूर्वराजदूत शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएको थियो । उहाँ इजरायलका लागि नेपाली राजदूत समेत हुनुहुन्थ्यो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई राजदूत नियुक्त गरेको थियो ।