८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गराउनुभएको हो । मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो ।

जसपाबाट समानुपातिक सांसद बन्नुभएकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित हुनुभएको थियो । उहाँको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो ।

शुक्रवार सभामुख घिमिरेले उहाँलाई प्रतिनिधि सभा सदस्यको शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिनुभएको छ ।