२६ असार २०८३, शुक्रबार
,
Latest
सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ ।

मुलुकलाई आरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहोर्याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेकोे महासचिव पोखरेलको स्पष्टिकरण थियो । उहाँले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको दोहार्याउनु भयो ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा महासचिव पोखरेलले एमालेमा सत्ताका लाागि लालयित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा डोहोर्याउने संकल्पका साथ नयाँ सत्तासमिकरण बनाएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आईपरे एमालेले काँग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हामी सत्ताका लागि लालायित छैनौं । पहिला पनि हामी सत्ता हाम्रो लागि प्राथमिकता होइन । मुलुकलाई सही बाटोमा डोहो¥याउने खालको कुरा प्राथमिकताको विषय हो भनेका थियौं । अहिले पनि हामी नयाँ सत्ता समिकरण गर्दाखेरी पनि फलानो महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर हामीले दाबी गरेनौं । मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहो¥याउने कुरानै प्राथमिकताको विषय हो भन्ने नीतिगत हस्तक्षेप प्राथमिकताको विषय हो भन्ने अर्थमा हामीले प्रस्तुत गर्ने काम गरेका छौ ।

कतिपयले प्रधानमन्त्रीमा आलोपालो भनेर सोध्ने गर्दछन । हामी यो सरकारले राम्रो काम गर्छ भने हामी यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौं । किनकी हाम्रो चिन्ता मुलुकप्रति हो, जनताप्रति हो । राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रुपमा भन्दै आएका छौं । र त्यही कुरामा जोड दिन चाहन्छौं । काँग्रेससँग त हामीले स्वभाविक रुपले जतिबेला मुलुकमा लोकतन्त्रमाथि संकट आउँछ, जतिबेला परिवर्तनमाथि संकट आउँछ । त्यतिबेला मिलेर काम गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका छौं ।’

महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्तासमिकरण बन्दा पनि महत्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताउनु भयो ।




भर्खरै