५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो ।

नेपालको लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले २२ रन जोडे ।

कप्तान रोहित पौडेलले २१ रन बनाउँदा कुशल मल्ल १३ र सोमपाल कामी १२ रन बनाएर आउट भए । गुल्शन झा ६, आशिफ शेख ५ र करण केसी ३ रन बनाएर आउट हुँदा ललित राजवंशी २ रनमा अविजित रहे ।

बलिङतर्फ हङकङका आयुष शुक्लाले ३ विकेट लिए । अतिक इकबाल, यशिम मुर्तजा र एहसान खानले एक–एक विकेट लिए ।

हङकङले अहिले जवाफि ब्याटिङ गरिरहेको छ ।