२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णको गीत ‘निरमाया’मा प्रियङ्का र सलिनासँग आशीर्वादको ‘डबल रोमान्स’



अ+ अ-

काठमाडौं। गायक कृष्ण बिकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन्। यस गीतमा बिकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएका छन्। प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ।

वर्षमा २ वटा मात्र गीत सार्वजनिक गर्ने गायक कृष्ण बिकले आफूले सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिने गरेको बताए। “हप्तैपिच्छे नयाँ गीत बजारमा ल्याउन पनि सकिन्छ होला तर, त्यसले मैले श्रोता दर्शकलाई दिन खोजेको गुणस्तरको गीत तयार गर्न भने सक्दिन। मैले यो गीत पनि सङ्ख्या बढाउने मात्र नभई गुणस्तरलाई ख्याल गरी अघिल्लो गीत देखि ६ महिना यता मात्र सार्वजनिक गरेको हुँ,” बिकले बताए। उनले यसअघि ‘हजुर मुसुक्कै’, ‘यानी माया रानी माया’, ‘रातो टिकी’ लगायतका गीत सार्वजनिक गरेका थिए।

गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन्। ‘नाइँ नभन्नु ल ६’ चलचित्रबाट एक्सन अभिनेताको रूपमा आएका क्षेत्रीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन्। क्षेत्रीले गीत, भिडियो मेकिङको कन्सेप्ट र टिम हेरेर यस म्युजिक भिडियोमा अभिनय गर्न तयार भएको गायक तथा प्रस्तुत कर्ता बिकले बताए। उनका यसअघि आएका गीतमा महानायक राजेश हमाल, अभिनेता दिलीप रायमाझी, अभिनेत्री निरुता सिंह लगायतका प्रसिद्ध कलाकारहरूले अभिनय गरेका थिए।

‘निरमाया’ को भिडियोलाई जिबि आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कबिराज गहतराज हुन्। सञ्जय लामाले छायाङ्कन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्।