५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः रियलले बार्सिलोनालाई हरायो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको ‘एल क्लासिको’मा रियलले चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ गोलले पराजित गरेको हो । रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले लिएको थियो ।

खेलको छैटौं मिनेटमा नै एन्ड्रीयास क्रिस्टेन्सेनले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै रियललाई बराबरीमा ल्याए ।

६९ औं मिनेटमा फेर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई २–१ गोलले अघि बढाए । तर, त्यसको चार मिनेट पछि नै अर्थात् ७३ औं मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियललाई २–२ गोलको बराबरीमा ल्याए ।

यस्तै, खेल सकिनै लाग्दा इन्जुरी समयमा जुड बेलिङहमले गोल गर्दै रियललाई ३–२ गोलको जित दिलाए । जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासँग ११ अंकको अग्रता बनाएको छ । ३२ खेलबाट रियलको ८१ तथा बार्सिलोनाको ७० अंक छ ।