२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका राजा भोलि नेपाल आउँदै, के–के हुँदैछ सम्झौता ?



अ+ अ-

काठमाडौं । कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा नेपाल आउन लाग्नुभएको हो । कतारका राजाको यो पहिलो भ्रमण हो ।

परराष्ट्र मन्त्रालयले दुई दिनको राजकीय भ्रमणका लागि कतारका राजा नेपाल आउन लाग्नुभएको जनाएको छ । नेपालमा रहँदा उहाँले राष्ट्रपति पौडेलसँग शीतल निवासमा द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची छ । सोही अवसरमा राष्ट्रपति पौडेलले कतारका राजाको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुने भएको छ ।

राजा सेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनु हुने मन्त्रालयले जनाएको छ । उहाँ बुधबार राति नै नेपालबाट स्वदेश फर्कनु हुने कार्यक्रम छ ।

कतार न्यूज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ पदाधिकारीहरुसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।

तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका राजा बंगलादेश हुँदे नेपाल आउन लाग्नुभएको हो ।

यो भ्रमणले नेपाल र कतारबीच रणनीतिक विकास साझेदारका रुपमा विकास गर्न सहयाेग पुग्छ । नेपालको पर्यटन, जलविद्युत् स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम, संस्कृतिलगायतका क्षेत्रमा दिपक्षीय समझदारी गर्ने गरी तयारी भइरहेको छ ।