२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालक्ष्मी–९ लामाटारका ज्येष्ठ नागरिकलाई तीर्थाटनको तयारी



अ+ अ-

ललितपुर । ललितपुरको महालक्ष्मीनगरपालिका वडा नं ९ कार्यालय लामाटारले सो वडाका ६५ देखि ७४ वर्षसम्मका एक सय जना ज्येष्ठ नागरिकलाई आध्यात्मिक जागरण कार्यक्रमअन्तर्गत धार्मिक तीर्थाटनमा लैजाने तयारी गरेको छ ।

यही वैशाख १४ र १५ गते दुईदिने धार्मिक तीर्थाटनको लागि वडाले सो वडाका उक्त उमेर समूहका जेष्ठ नागरिकको नाम संकलन गरि तीर्थाटनको तयारी गरिरहेको हो ।

वडाको आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रमअनुसार विनियोजन गरिएको बजेटबाट जेष्ठ नागरिकहरुलाई धार्मिक तीर्थाटनमा सहभागी गराउनलागिएको वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बताए ।

जेष्ठ नागरिकहरुलाई धार्मिक तीर्थाटनका लागि उनीहरुको मागबमोजिम चितवनको देवघाटधामलगायतका धार्मिकस्थलको भ्रमण गराइने वडाध्यक्ष बोगटीले बताए ।

७५ वर्षदेखि माथिका जेष्ठ नागरिकलाई भने उनीहरुको स्वास्थ्य र उमेरका कारण हिँड्डुल गर्न अलि समस्या पर्ने भएकाले यो कार्यक्रममा सहभागी नगराइने वडाध्यक्ष बोगटीले बताए ।

सो वडा कार्यालयले गत पुस १५ गते सो वडाका ७५ वर्ष नाघेका २३० जना जेष्ठ नागरिकलाई न्यानो ओढ्ने र बुढेसकालको सहारा लौरो दिएर सम्मान गरेको थियो ।




भर्खरै