२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर सिंहले थाले डीपफेक भिडियोविरुद्ध कानुनी कारबाही, गरे एफआईआर दर्ता



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डिपफेक भिडियोविरुद्ध उजुरी दिएका छन् । रणवीरका आधिकारिक प्रवक्ताले उजुरी दर्ता गरेको पुष्टि गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले भने, ‘हो, हामीले पुलिसमा उजुरी दर्ता गरेका छौं र रणवीर सिंहको एआई–जेनरेट गरिएको डीपफेक भिडियोको प्रचार गर्ने ह्यान्डल विरुद्ध एफआईआर दर्ता गरिएको छ ।’

उजुरी दर्ता गर्नु बाहेक, रणवीरले हालै सोशल मिडियामा आफ्ना फलोअरहरूलाई चेतावनी दिएका थिए र लेखेका थिए, ‘साथीहरू, डीपफेकहरूबाट जोगिनुहोस् ।’

के थियो डिपफेक भिडियोमा ?
डीपफेक भिडियोमा रणवीर राजनीतिक दललाई समर्थन गरेको देखिएका छन् । यो भिडियो रणवीरको हालै वाराणसी भ्रमणको हो जसमा उनले शहरसँग सम्बन्धित आफ्ना अनुभवहरू सेयर गरिरहेका थिए ।