२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित



अ+ अ-

काठमाडौं । वैशाख १६ र १७ गते हुने तय भएको लगानी सम्मेलनका लागि ५२ विदेशी मुलुकका ६३४ लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवाला सहभागी हुने निश्चित भएको छ ।

सरकारले सम्मेलनमा सहभागिताका लागि एक हजार नौ सयभन्दा बढी विदेशी सम्बन्धित व्यक्तित्वहरूलाई निम्तो पठाएकोमा मंगलबारसम्म ६३४ जनाले सहभागी हुने जवाफ पठाएका हुन् ।

तर, निम्तो स्वीकार गर्ने क्रम बाँकी रहेकाले यो संख्या अझै बढ्न सक्ने लगानी बोर्डले जनाएको छ । सहभागिताका लागि जवाफ पठाउनेमध्ये अधिकांश लगानीकर्ता र व्यावसायिक व्यक्ति छन् ।

लगानी सम्मेलनमा न्यूनतम एक हजार लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवाला उपस्थिति गराउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार उपस्थिति हुने पक्का भएको छ । नेपालबाट सहभागी हुने ३८५ समेत जोड्दा एक हजार १९ व्यक्ति सम्मेलनमा उपस्थित हुने निश्चित भइसकेको छ  । यसमा अनलाइनबाट आफैँ नाम दर्ता गरेका थप लगानीकर्ता, उद्योगी, व्यावसायिक व्यक्ति तथा सरोकारवालाहरू थपिनेछन् । हाल अनलाइनबाट नाम टिपाएका आवेदकहरूको छनोट गर्ने काम पनि भइरहेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकअनुसार नेपालबाहेक चीनबाट सबैभन्दा धेरै लगानीकर्ता आउँदैछन् । हालसम्म चीनका २६५, भारतका १४३ र अमेरिकाका ३३ जना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् ।

त्यस्तै जापानका २८, युकेका १४, बंगलादेश र युएईका १३/१३ र जर्मनीका १० जनाले सहभागिताको प्रतिबद्धता जनाएका छन् । दक्षिण एसिया र अस्ट्रेलियाबाट ९/९, पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार तथा स्विट्जरल्यान्ड, फिनल्यान्ड, अस्ट्रिया, रसिया र कोलम्बियाबाट तीन/तीनजना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् । यीबाहेक, क्यानडा, कुवेत, पोल्यान्ड, मेक्सिको, दक्षिण अफ्रिका, बेल्जियमलगायतका देशका लगानीकर्ताले पनि लगानी सम्मेलनको निम्तो स्वीकार गरिसकेका छन् ।