२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिषेक : ८८६९, दमन : ८६०२, जनक : ३११३, दिलबहादुर : २२६६



अ+ अ-

बझाङ : बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा छ ।

कांग्रेसका अभिषेकबहादुर सिंहले ८ हजार ८ सय ६९ मत पाएका छन् । यस्तै एमालेका दमन भण्डारीले ८ हजार ६ सय ०२ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार १ सय १३ मत प्राप्त गरेका छन । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हार २ सय ६६ मत प्राप्त गरेका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भए पछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह पृथ्वीबहादुरकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।