२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्यामा बाँध फुटेपछि कम्तीमा ४२ को मृत्यु



अ+ अ-

माई महिउ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई बताउनुभएको छ । पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ ।

बाँध फुट्दा ४२ जनाको मृत्यु भएको अस्पष्ट अनुमान गरिएको छ, अहिले पनि धेरै मानिस माटोमा छन्, हामी पुन:प्राप्तिका लागि काम गरिरहेका छौँ”, नाकुरु काउन्टीका गभर्नर सुसान किहिकाले भन्नुभयो ।

माई महिउको रिफ्ट भ्याली सहर नजिकैको बाँध फुटेर घर तथा सडकलाई बगाएको छ । यसअघि अधिकारीहरूले केन्यामा मार्चयता ७६ जनाले ज्यान गुमाएको जानकारी दिएका थिए । सामान्यभन्दा भारी वर्षाले पूर्वी अफ्रिकामा एल निनो मौसमको ढाँचाले जटिल बनाएको थियो।

सन् २०१८ मेमा भीषण वर्षा र बाढीको बेला नाकुरु काउन्टीको सोलाईमा पनि बाँध फुट्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।