२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका



अ+ अ-

ढोरपाटन । बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू(भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती(बस्तीमा सडक पुगेका छन् तर ग्रामीण क्षेत्रबाट बसाइँसरेर बजार झर्नेको सङ्ख्या घटेको छैन ।

दिनप्रति दिनको बसाइँसराइले गाउँ रित्तिन थालेको छ । बसाइँसराइलाई रोक्नका लागि नगरपालिकाले ग्रामीण सडकहरु स्तरोन्नति गरी गाउँमै सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । नगरपालिका स्थापना हुन पूर्व नै गलकोटमा धेरै सडक ट्र्याक खुलेका थिए । विसं २०७३ अगाडि तीन सय ३० किलोमिटर ग्रामीण सडकको ट्र्याक खुलेको थियो । सात वर्षको अवधिमा एक सय ५७ किलोमिटर थप सडक ट्र्याक खुल्यो ।

नगरपालिकाभर नयाँ र पुराना गरी चार सय ८७ किलोमिटर ग्रामीण सडक छन् । ती सबै सडकलाई प्राथमिकताका आधारमा पालिकाले स्तरोन्नति गर्न थालेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीका अनुसार ११ वटै वडाको सबै बस्तीमा सडक पुगेको हुँदा अब नयाँ ट्र्याक खोल्ने काम रोकिएको छ ।

यस वर्ष हटिया(हरिचौर(ताराखोला सडक, हटिया बजारदेखि कोटघर सडक र नरेठाँटी(दुदिलाभाटी सडक कालोपत्र गर्न थालिएको भण्डारीले बताउनुभयो । मल्म(पाण्डवखनी, रँगेनी(तोरीखोला(ठानामजुवा सडक र हरिचौर(टेउवालगायत पालिकाभरका २० वटा सडक चालु आर्थिक वर्षमा स्तरोन्नति भइरहेको उहाँले जानकारी दिनुभयो ।

“गलकोटमा धेरै वर्ष अगाडिदेखि सडक खुल्न थालेका थिए, नगरपालिका स्थापना भएर जनप्रतिनिधि आएपछि सुरुका वर्षदेखि सडकमा लगानी गरिएको थियो”, प्रवक्ता भण्डारीले भन्नुभयो, “अब धेरै बस्तीमा सडक पुगिसकेको हुँदा नयाँ ट्र्याक नखोल्ने योजनामा छौँ, अति आवश्यक परेको ठाउँमा ट्र्याक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतिमा ध्यान दिनेछौँ ।”

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सडक गुरुयोजना बनाएर काम गर्न थालेको बताउनुभयो । अघिल्लो वर्षदेखि नै पालिकाभरिका सडक बाह्रै महिना सञ्चालन हुने स्तरको बनाइएको र अब कालोपत्र गरिने उहाँको भनाइ छ ।

प्रमुख गैरेका अनुसार विसं २०७४ साल यता ११ किलोमिटर ढलान तथा कालोपत्र, ६५ किलोमिटर ग्राभेल, पाँचवटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण भएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग गलकोटमा करिब ४५ किलोमिटर फैलिएको हुँदा यसले यातायातमा ठूलो टेवा पुर्‍याएको छ ।

नगरपालिकाले सडकलाई स्तरोन्नति गर्न थालेपछि यात्रा र सामान ढुवानीमा सहज भएको गलकोट नगरपालिका(६ का वीरबहादुर खत्रीले बताउनुभयो । अघिल्लो वर्षसम्म थुप्रै सडक साँघुरा र अप्ठ्यारा हुँदा यात्रा गर्न निकै कठिन हुने गरेको थियो । अहिले धेरै सजिलो भएको खत्रीको भनाइ छ । सडक स्तरोन्नतिपछि गाडी भाडासमेत घटेकोमा स्थानीयवासी खुसी भएका छन् । रासस




भर्खरै