५ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले भने– ‘म षडयन्त्रको शिकार भएँ’



अ+ अ-

काठमाडौं । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएलगत्तै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आफू षड्यन्त्रको शिकार भएको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमा फेसबुमा स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् ।

सन्दीपले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्याङकन गर्ने उल्लेख गर्दै सत्यतथ्य सबै कुरा समयसँगै बाहिर आउने बताएका छन् ।
उनले लेखेका छन्, ‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून् । सबै कुरा ईश्वरमा छोडिदिन्छु । समयले सत्य प्रकट गरेर बताउनेछ ।’

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी टि–ट्वेन्टी विश्वकप खेल्ने नेपाली टोलीको हिजै घोषणा गरेको थियो । उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधीन रहँदा उनी विश्वकपको टोलीमा समावेश हुन सकेनन् ।

जबरजस्ती करणीको आरोपमा सन्दीप काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका छन् । उनले जिल्लाको फैसला चित्त नबुझाउँदै उच्च अदालतमा पुनरावेदन दिएका छन् । अहिले यो मुद्दा उच्च अदालतमा विचाराधीन छ ।