२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजनको ५० औं खेलमा आज सनराइजर्स हैदरावादले राजस्थान रोयल्सको सामना गर्दैछ । हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

आज हैदरावाद र राजस्थान यस सिजनमा पहिलो खेल खेल्दैछज् । यो दुवै टोलीको १० औं खेल हुनेछ । राजस्थान ९ मध्ये ८ जित हात पार्दै १६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । उता, हैदरावाद ९ मध्ये ५ जित हात पार्दै १० अंकसहित पाँचौं स्थानमा छ ।

हेड टु हेडमा हैदरावाद र राजस्थान बराबर

हेड टु हेडमा हैदरावाद र राजस्थान बराबरीमा छन् । यी दुई टोलीबीच हालसम्म कूल १८ आईपीएल खेल भएका छन् ।जसमा हैदरावाद र राजस्थानले समान ९र९ खेल जितेका छन् । दुई टोलीबीच हैदरावादमा कुल ४ खेल खेलिएको छ । जसमा हैदरावादले ३ खेल जितेको छ भने राजस्थानले १ खेल जितेको छ ।

हैदरावादका लागि हेड सर्वाधिक रन स्कोरर

हैदरावाद ब्याटिङमा ट्राभिस हेड, अभिषेक शर्मा र हेनरिक क्लासेनमा धेरै निर्भर छ। टोलीका लागि हेडले सर्वाधिक ३३८ रन बनाएका छन् । उनले ८ खेलमा शतक समेत बनाएका छन् । टी नटराजनले सर्वाधिक १३ विकेट लिएका छन् ।

आरआरका लागि सामसन सर्वाधिक रन स्कोरर

राजस्थानमा जोस बटलर, यशस्वी जैसवाल, रियान पराग र कप्तान सञ्जु सैमसन जस्ता इनफार्म ब्याट्सम्यान छन् । शिमरोन हेटमायर र रोभम्यान पावेलका अलावा ध्रुव जुरेलले पनि रन बनाएका छन् । बलिङमा युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट, आवेश खान र सन्दीप शर्माले राम्रो प्रदर्शन गरिरहेका छन् । कप्तान सञ्जु सामसनले सर्वाधिक रन बनाएका छन् भने चहलले सर्वाधिक विकेट लिएका छन्।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, एडेन मार्कराम, हेनरिक क्लासेन (विकेटकिपर), नितिश कुमार रेड्डी, अब्दुल समद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनाडकट।

ईम्प्याक्ट खेलाडी: उमरान मलिक।

राजस्थान रोयल्सको सम्भावित प्लेईङ​ ११:

सञ्जु सैमसन (कप्तान र विकेटकीपर), यशस्वी जैसवाल, जोस बटलर, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल।

ईम्प्याक्ट खेलाडी: रियान पराग।




भर्खरै