२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ?



अ+ अ-

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दै छ । पार्टी कार्यालयम च:मतिमा अपराह्न साढे चार बजे बैठक बस्ने तय भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनको समीक्षा गर्न आज सचिवालय बैठक बोलाएको हो । इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो ।

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा रास्वपा मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत मात्र पाएका थिए ।

रास्वपाको आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गते आह्वान भएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा पार्टी सभापति रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्ना देखिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरेको थियो । उसले संसद् अवरोधसमेत गरेको थियो ।

संसद्को आउँदो अधिवेशनमा पनि कांग्रेसले यही माग राख्न तयारी गरेको छ । रास्वपाको बैठकमा यसबारे पनि छलफल हुनेछ ।

बजेट अधिवेशनलाई प्रभावकारी बनाउन रास्वपाले यही वैशाख २६ गते संसदीय दलको बैठक पनि बोलाएको छ ।