२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो



अ+ अ-

दमक । पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ ।

दमकमा रहेको विशिष्टीकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउनेजस्ता सङ्क्रामक रोगको समस्या बढेको छ । गर्मीका कारण बालबालिकामा विभिन्न प्रकारका एलर्जी, फङ्गल इन्फेक्सन, सन बर्न, कीटसम्बन्धी एलर्जी, टाउको दुखाइ, थकान, आँखामा सङ्क्रमणलगायतका समस्या देखिने गरेको उहाँको भनाइ छ । सो अस्पतालमा अहिले दैनिक दुई सयको हाराहारीमा बालबालिका उपचार गर्न आउने गरेका छन् । यो सङ्ख्या दैनिक आउने बिरामीको दोब्बर सङ्ख्या हो ।

गर्मीको समयमा केही बच्चाले दमको लक्षणमा वृद्धि अनुभव गर्नसक्ने भएकाले पनि यो बेला अभिभावकहरुले होसियारी अपनाउनुपर्ने उहाँको सुझाव छ । सोही अस्पतालका बाल रोग विशेषज्ञ डा सुनिल अधिकारीले अन्य समयभन्दा गर्मीमा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या हुने बताउनुभयो ।

गर्मीमा विभिन्न ब्याक्टेरिया र भाइरस बढी बाँच्ने हुँदा खाना र पानीबाट हुने रोग निम्त्याउने पनि उहाँको भनाइ छ । अधिक गर्मीको यो समयमा बालबालिकाको उचित हेरचाह गर्न उहाँ सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनभरि प्रशस्त पानी पिउने अवस्था सिर्जना गर्न, बाहिर बजारमा पाइने कृत्रिम जुस वा चिनीयुक्त पेय पदार्थ नखान, बासी तथा सडेगलेका खाद्य वस्तुको सेवन गर्न हँुदैन, यसतर्फ बालबालिकाका अभिभावक सर्तक हुनुपर्छ ।”

दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा गर्मी बढेपछि बिरामी भई उपचार गर्न आउनेको सङ्ख्या बढेको अस्पतालका सूचना अधिकारी देवी दंगालले बताउनुभयो । यस अस्पतालमा अहिले दमकसहित दक्षिणी इलाम र पाँचथरका बिरामी स्वास्थ्य बिमासहितको उपचार गर्न आउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार दमक अस्पतालमा दैनिक पाँच सय बढी बिरामी बहिरङ्ग सेवामा जाँच गर्न आउने गरेका छन् ।




भर्खरै