२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउलाई हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्समाथि दोस्रो जित हात पारेको छ । टोलीले आइतबार यस सिजनको ५४ औँ खेलमा लखनउलाई ९८ रनले पराजित गरेको हो ।

यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । टोलीको १६ अंक छ । टोली प्लेअफमा पुग्नबाट एक जित मात्र टाढा छ ।

लखनउले घरेलु मैदान भारतरत्न श्री अटल बिहारी वाजपेयी (एकना) स्टेडियममा टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनायो । एकना रंगशालामा पहिलो पटक २०० भन्दा बढी रनको स्कोर बनाइएको थियो ।

कोलकाताले सिजनमा छैटौं पटक २००ं माथि रन बनाएको छ । जवाफमा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो । कोलकाताका सुनिल नारायणले ३९ बलमा ८१ रनको इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच भए ।

यस्तै, फिल साल्ट र अङ्क्रिश रघुवंशीले ३२–३२ रन बनाए । रमनदीपले ६ बलमा अविजित २५ रन बनाए । कप्तान श्रेयस अय्यरले २३ रन जोडे । लखनउका नवीन उल हकले ३ विकेट लिए । यश ठाकुर, रवि बिश्नोई र कन्सन प्लेयर युधवीर सिंहले एक–एक विकेट लिए ।

एलएसजीका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कप्तान केएल राहुलले २५ रनको इनिङ खेले । कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले ३–३ विकेट लिए । आन्द्रे रसेलले २ विकेट लिए भने मिचेल स्टार्क र सुनिल नारायणले एक–एक विकेट लिए ।

आजको खेलः मुम्बई इन्डियन्स भर्सेस सनराइजर्स हैदरावाद – साँझ ७ः४५ बजे