२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो



अ+ अ-
भक्तपुर: भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो भक्तपुरको ऐतिहासिक थन्थु दरबार पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोक उत्खननलाई निरन्तरता दिनुपर्छ भन्नुभयो ।
  भक्तपुरका एक सय वर्ष पुराना घरहरु बस्नका लागि सुरक्षित छ वा छैन भन्ने विषयमा प्राविधिकहरुबाट परीक्षण गर्नु खाँचो रहेको जनाउँदै उहाँले सम्पदा पुनःनिर्माणमा मौलिकता संरक्षणमा जोड दिनुभयो ।
कार्यक्रममा थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ सालअघि सम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनका रुपमा रहेको बताउनुभयो । विसं २०७४ पछि नगरपालिकाले यहाँको एक सय २४ वटाभन्दा बढी सम्पदाहरु पुनःनिर्माण गरेकामा थन्थु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र हाल थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी नगरपालिकाले काम अगाडि बढाएको उहाँले जानकारीदिनुभयो ।
थन्थु दरबार भत्काउन रु ११ लाख ५१ हजार लागेकोे जनाउँदैनगरप्रमुख प्रजापतिले रु १२ करोड ८५ लाख ३४ हजार बजेट लगत ‘इष्टिमेट’ गरिए पनि पहिलो चरणको कार्य योजनामा रु चार करोड ७२ लाख बजेट स्वीकृत गरी पुनःनिर्माण अगाडि बढाएको बताउनुभयो । दरबार पुनःनिर्माणका लागि रु एक करोड ५८ लाखको काठ ‘टेन्डर’ प्रक्रियाबाट खरिद गरिसकेको जनाइएको छ ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजु, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, दरबार हेरचाह अड्डाका कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीलगायतले भूकम्पले भक्तपुरका धेरै सम्पदा तथा निजी घरहरुमा क्षति पु¥याएको स्मरण गर्दै भूकम्पले विनाससँगसँगै भक्तपुरको विकास पनि भएको बताउनुभयो ।
इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले तत्कालीन राजा जितामित्र मल्लले बनाउन लगाएको आजभन्दा तीन सय ४६ वर्ष पुरानो थन्थु दरबारलाई भक्तपुर नगरपालिकाले पुरानै मौलिक स्वरुपमा पुनःनिर्माण अगाडि बढाउनु प्रशंसनीय भएको बताउनुभयो । ५५ झ्याल दरबारको अध्ययन–अनुसन्धानका क्रममा जग खण्ड उत्खनन गर्ने क्रममा ५५ झ्याल दरबार थन्थु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको बताउँदै डा श्रेष्ठले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकको  अध्ययन–अन्वेषण सम्भव भएको हो भन्नुभयो ।