२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्जु सामसन आईपीएलमा सबैभन्दा छिटो २०० छक्का प्रहार गर्ने भारतीय खेलाडी



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल २०२४) मा मंगलबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले पराजित गर्यो ।

राजस्थानका कप्तान सञ्जु सामसनले आफ्नो ८६ रनको इनिङ्समा ६ छक्का प्रहार गरे, योसँगै उनको आईपीएलमा २०० छक्का पूरा भयो । उनी यो माइलस्टोनमा सबैभन्दा छिटो पुग्ने भारतीय बने ।

यसका लागि उनले १५९ इनिङ्स मात्र लिए र सबैभन्दा कम इनिङ्समा २०० छक्का प्रहार गर्ने भारतीय बने । उनले १६५ इनिङ्समा २०० छक्का प्रहार गर्ने एमएस धोनीको कीर्तिमान तोडे ।

सामसनले आईपीएलमा ५६ औं पटक राजस्थान रोयल्सको कप्तानी गरेका छन् । योसँगै उनी सबैभन्दा धेरै खेलमा राजस्थानको कप्तानी गर्ने खेलाडी बनेका छन् । उनले शेन वार्नलाई पछाडि छोडे, वार्नले ५५ खेलमा राजस्थानको कप्तानी गरेका थिए । सामसन र वार्न राजस्थानका सबैभन्दा सफल कप्तान पनि हुन्, दुबैले टोलीका लागि ३०–३० खेल जितेका छन् ।

दिल्लीविरुद्ध उनले ६ छक्का प्रहार गरेका थिए । उनले आईपीएलमा १२ औं पटक एक पारीमा ५ वा सोभन्दा बढी छक्का प्रहार गरेका छन् । उनी प्रतियोगितामा सबैभन्दा धेरै पटक ५ प्लस छक्का प्रहार गर्ने पहिलो भारतीय बने । उनीसँगै केएल राहुलले पनि १२ इनिङ्समा ५ प्लस छक्का प्रहार गरेका छन् ।