२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले आजकै बैठकमा बोल्न पाउनुपर्ने रास्वपाको अडान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिनुपर्ने माग दोहोर्‍याएको छ ।

मंगलबार सिंहदरबारमा दलका प्रमुख सचेतकहरूसँग सभामुखले गरेको छलफलमा रास्वपाले गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न पाउनुपर्ने माग दोहोर्‍याएको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आजकै बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने बताए ।

‘गएको बैठकमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनुभएको थियो । बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरता स्वरूप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ ।’ प्रमुख सचेतक परियारले भने ।

आज संसद्‌को संयुक्त बैठक बस्दैछ । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।