२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनका बैठक निर्वाध सञ्चालनका लागि सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्वाध रुपमा सदन सञ्चालनको वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा उहाँले दलहरुबीच सहमति नहुँदा आगामी बैठक प्रभावित हुने अवस्था आएकामा चिन्ता व्यक्त गर्नुभएको थियो ।

सभामुख घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताउनुभयो । बैठक अवरुद्ध हुँदा संसद्का बिजनेश प्रभावित तथा संवैधानिक संकटको अवस्था सिर्जना हुनेतर्फ उहाँले दलहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति माग गर्दै संसद्का बैठकमा अवरोध गर्दै आएको छ । सो दलले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रमको प्रस्तुत गर्न दिने र त्यसपछिका बैठकमा विरोध जारी रहने जनाएको छ ।

कांग्रेसका सचेतक सुशीला थिङले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने सभामुखलाई जानकारी गराउनुभयो । “छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार संसद्मा विरोध गर्ने निर्णयलाई कांग्रेसले पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभएको थियो । “उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो, अवरोधका कारण बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ”, सभामुखसँगको छलफलमा उहाँले भन्नुभयो ।

छलफलमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधिसभाको बैठकका कार्यसूचीबारे जानकारी दिनुभएको थियो । उहाँले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी गराउनुभएको थियो । प्रमुख सचेतकसँगको छलफल सकिएपछि सभामुखले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नुभएको छ ।

छलफलमा उप सभामुख इन्दिरा राना, कानुन न्याय तथा र्ससदिय मामिला मन्त्री पदम गिरी, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तैला नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।

यसैबीच, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम, प्रतिनिधिसभामा जारी अवरोधकाबीच राष्ट्रियसभालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्दै हुनुहुन्छ । रासस




भर्खरै