२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा



photo: rss
अ+ अ-

काठमाडौँ । तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ ।

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो । उहाँले पहाडी भू–भागका स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताउनु भयो । उहाँले पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरिने बताउनु भयो । उहाँले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिइने बताउनु भयो । उहाँले हलिउड तथा बलिउडका अन्तर्राष्ट्रिय चलचत्रि निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिने पनि बताउनु भयो।

उहाँले भन्नुभयो,‘पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरिनेछ । पर्यटकिय सम्भावना बोकेका पहाडी भू–भागमा स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तीन तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिनेछ । ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिइने छ । हलिउड तथा बलिउडका अन्तर्राष्ट्रिय चलचत्रि निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिने छ । राष्ट्रिय सस्कृति नीति कार्यन्वयनमा ल्याइनेछ ।’

उहाँले राष्ट्रिय सस्कृति नीति कार्यन्वयनमा ल्याइने बताउनु भयो ।