२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरावादलाई प्ले अफमा पुग्न इलिमिनेट टोली गुजरातको चुनौती



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६६ औं खेलमा आज सनराइजर्स हैदरावादले गुजरात टाइटन्सको सामना गर्दैछ । हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजनमा आज दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा गुजरातले घरेलु मैदानमा ७ विकेटले जित हात पारेको थियो ।

गुजरात पहिले नै प्लेअफको दौडबाट बाहिर छ। हैदरावादको १२ खेलमा ७ जित र ४ हारसहित १४ अंक छ। टोली अंक तालिकाको चौथो स्थानमा छ । अर्कोतर्फ, गुजरात तालिकाको आठौं नम्बरमा छ। टोलीको १३ खेलमा ५ जित र ७ हारबाट ११ अंक छ । टोलीको एक खेल वर्षाका कारण रद्द भएको थियो ।

हेड टु हेडमा गुजरात अगाडि

हैदरावाद र गुजरातबीच हालसम्म आईपीएलमा ४ वटा खेल भइसकेका छन् । जसमध्ये ३ खेल गुजरात र १ खेल हैदरावादले जितेको छ ।

हेडको नाममा सबैभन्दा धेरै रन

यस सिजन हैदरावादका ब्याट्सम्यान राम्रो लयमा छन् । दुई ब्याट्सम्यानले ४०० भन्दा बढी रन बनाएका छन् । जसमा ट्राभिस हेड र अभिषेक शर्मा रहेका छन् । हेड ५३३ रन बनाएर टिमका सर्वाधिक रन स्कोरर हुन् । बलरमध्ये टी नटराजन १५ विकेट लिएका छन् ।

साई सुदर्शन सर्वाधिक रन स्कोरर

यो सिजन जीटी टिमको प्रदर्शन खासै रहेन । साई सुदर्शन र कप्तान शुभमन गिल बाहेक टोलीका कुनै पनि ब्याट्सम्यान राम्रो लयमा छैनन् । टोलीका लागि साई सुदर्शनले सर्वाधिक रन बनाएका छन् । उनले १२ खेलमा ५२७ रन बनाएका छन् । बलिङमा मोहित शर्माले १३ विकेट लिएका छन् ।

सनराइजर्स हैदराबादको सम्भावित प्लेइङ-११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, नितिश रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, शाहबाज अहमद, सनवीर सिंह, भुवनेश्वर कुमार, टी नटराजन, जयदेव उनाडकट, विजयकान्त।

इम्प्याक्ट प्लेयर: अभिषेक शर्मा।

गुजरात टाइटन्सको सम्भावित प्लेइङ-११:

शुभमन गिल (कप्तान), साई सुदर्शन, डेभिड मिलर, शाहरुख खान, म्याथ्यु वेड (विकेटकिपर), राहुल तेवाटिया, राशिद खान, नूर अहमद, उमेश यादव, मोहित शर्मा र कार्तिक त्यागी।

इम्प्याक्ट प्लेयर: सन्दीप वारियर।