२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखायो एमाले



अ+ अ-

काठमाडौं। नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखाएको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखाएको आरोप लगाउनु भयो ।

उहाँले संञ्चारकर्मीहरुसंग भन्नुभयो ‘आज ११ बजेको लागि संसद् बैठक बोलाईएको थियो । प्रमुख प्रतिपक्षीको मागबमोजिम ४ बजेको लागि सारिएको थियो । ४ बजे बोलाएको बैठक ६ बजे सुरु भयो । लामो समयदेखि कांग्रेसले हाउसलाई बन्धक बनायो । कांग्रेसले आफ्नो विषय राख्ने क्रममा तर कांग्रेसले हौसिएर, माँत्तिएर कांग्रेसले सरकारको रो मा आएर, कांग्रेसका सिनियर पदाधिकारी माननीयजीले उपसभामुखको चेयरमा आएर बस्ने काम गर्नुभयो, यसप्रकारको असंसदीय अनि अमर्यादित काम गर्नुभयो, हाम्रो दलको नेतामाथि अमर्यादित व्यवहार भयो । यसको म घोर भर्त्सना गर्दछु । कांग्रेसबाट अलोकतान्त्रिक र गैरसंसदीय प्रदर्शन गर्यो । नेपाली कांग्रेसले सदनलाई मुठभेडको ठाउँमा लदैजाने अनि दादागिरी मच्चाउने काम गरेको छ । म एमालेको तर्फबाट घोर भर्त्सना गर्दछु ।’