२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने छलफलमा जुटेका छन् ।

सिंहदरबारमा जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, बिहिबार संसदको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोधबारे छलफल भइरहेको बताइएको छ ।

उता नेपाली कांग्रेसले पनि बानेश्वर संसद भवनको ल्होत्से हलमा सरकारविरुद्ध संसदका प्रतिपक्षी दलका नेतासँग छलफल गरिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार भएको घटना र सहकारी ठगीमा संसदीय छानबिनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।