२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही पनि थिएन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता विजय राजले हालै आफ्नो खराब दिनको बारेमा कुरा गरेका छन् । उनले आफूसँग खानाका लागि पैसा पनि नभएको समय रहेको बताए । तर, विजयले यसलाई संघर्ष भनेका छैनन् । हरेक पेशामा शीर्षमा पुग्नका लागि यी कुराहरु पार गर्नुपर्ने उनको विश्वास छ ।

विजयले सन् १९९९ मा फिल्म भोपाल एक्सप्रेसबाट आफ्नो करियर सुरु गरेका थिए । योसँगै उनले मीरा नायरको फिल्म मनसुन वेडिङबाट ठूलो पहिचान पाए । त्यसपछि उनी गंगुबाई काठियावाडी, रघु रोमियो, मेड इन हेभेन जस्ता फिल्म र सिरिजमा देखिए । हालै उनी ‘मर्डर इन माहिम’ सिरिजमा देखिएका छन् ।

जुम इन्टरटेनमेन्टसँगको अन्तर्वार्तामा विजय राजले भने, ‘वास्तविक संघर्ष भनेको सुरक्षा गार्डले मासिक १२ हजार रुपैयाँ कमाएर परिवारलाई सहयोग गर्नु हो । यद्यपि उनी सुरक्षा गार्ड बन्न चाहँदैनन्, उनी त्यसो गर्न बाध्य छन् किनभने उसले गर्नुपर्छ । सबैलाई आफ्नो गन्तव्य छनौट गर्ने स्वतन्त्रता छैन । १ प्रतिशत भन्दा कम मानिसमा यो स्वतन्त्रता छ । जस्तो कि तपाई अभिनेता बन्न चाहानुहुन्छ र त्यसका लागि काम पनि गर्दै हुनुहुन्छ । चाहे तपाईं सफल हुनुहुन्छ वा हुनुहुन्न, तपाईं जे गर्न चाहानुहुन्छ त्यही गरिरहनुभएको छ ।’

विजयले थपे, ‘जीवन संघर्ष हो । यदि तपाईसँग साइकल छ तर कार चाहियो भने, त्यो पनि संघर्ष हो । मानिसहरुका अनुसार सफलता भनेको तपाईसँग कति घर, कति कार छन् भन्ने हो । तर, मलाई पटक्कै विश्वास लाग्दैन । मेरो अनुसार, यदि तपाईं शान्त हुनुहुन्न भने, तपाईं असफल हुनुहुन्छ ।’

विजयले आफूसँग खानेकुरा नभएका दिनहरू भोगेको तर त्यसले केही फरक नपरेको बताए । उनले भने, ‘खान धेरै नहुँदा पनि रमाइलो गरिरहेको थिएँ । म भविष्यको बारेमा धेरै सोच्दिनँ ।’