२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु



अ+ अ-

एजेन्सी । मध्यअफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन जना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको छ ।

जसमध्ये दुई जना महिला र एक जना पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन् ।

सो घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका चार विदेशी नागरिक पनि घाइते भएको बाम्यानका प्रान्तीय प्रहरी प्रवक्ता मुहम्मद खवानी रसाले सिन्ह्वालाई बताउनुभयो ।

विदेशी नागरिक बाहेक गोली हानाहानमा एक अफगानी नागरिक मारिनुका साथै अन्य तीन अफगानी घाइते भएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले सामाजिक सञ्जाल एक्समा बताउनुभएको छ ।

सो घटनाको अनुसन्धानका क्रममा चार संदिग्धलाई पक्राउ गरिएको पनि कानीले उल्लेख गर्नुभएको छ ।




भर्खरै