२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको सचेतक परियारले बताए ।

वर्तमान सरकारमा सहभागी उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने आजको बैठक पनि अवरुद्ध गर्ने तयारीमा छ ।