२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली



अ+ अ-

गोदावरी । कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा रहेको हाटखोली तराईको गर्मी छल्न जाने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

बालबच्चासहित हाटखोली पुगेका धनगढी उपमहानगरपालिका–६ मटियारीका खेमराज पाठकले तराईको गर्मी छल्न परिवारसहित यहाँ आएको बताउनुभयो । हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउन र यहाँको प्राकृतिक सुन्दरतासँग रमाउन उहाँजस्तै धेरै मानिसहरू यहाँ आउने गरेका छन् ।

“हाटखोली आएर पौडी खेलेका तस्बिर फेसबुकमा थुप्रै हेरेको थिए । तस्बिरमा यहाँको प्राकृतिक सौन्दर्यता हेर्दा मोहित बनायो”, उहाँले भन्नुभयो, “यही पुगेर पौडी खेल्दा खुबै आनन्द आउँदो रहेछ । ठाउँ पनि रमणीय छ ।”

गर्मी छल्नमात्र नभई पिकनिक ९वनभोज० खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन, मन्दिरमा दर्शन गर्न पनि मानिसहरू हाटखोलीमा पुग्ने गर्छन् । अन्य दिनको तुलनामा शनिबार बढी भीड हुने गरेको छ ।

चुरे गाउँपालिका–४ र गोदावरी नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको चुरे गाउँपालिका–४ का स्थानीय हेमराज विष्ट बताउनुहुन्छ । पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । उहाँको ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उहाँले बताउनुभयो ।

“प्राचीनकालदेखि नै गोठालाले पुज्ने गरेको सो मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गरेको जनाइएको छ । मन्दिरमा विवाह, ब्रतबन्ध पनि हुने गरेका छन् । आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि पूर्वाधार विकास सकेका छैनन् । यसतर्फ सरकारको ध्यान जान जरूरी छ”, विष्टले भन्नुभयो ।

स्थानीय प्रेम गुरुङले पर्यटकीय गतिविधि बढेपछि पछिल्लो समय होटेल खुल्नेक्रम थपिएजस्तै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । “पर्यटकीय गतिविधि त बढे, अब यसबाट लाभ लिने गरी पूर्वाधार विकास र व्यवस्थापनका काम गर्नुपर्छ । त्यसले आर्थिक क्रियाकलाप बढोत्तरीमा टेवा पुर्‍याउने छ”, गुरुङको भनाइ थियो ।

सो क्षेत्रमा वनभोज स्थलको विकास, प्राकृतिक तालको संरक्षण, मठमन्दिरलाई व्यवस्थित गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको गोदावरी नगरपालिकाले जनाएको छ । हाटखोली क्षेत्रको मष्टाधामको पूर्वाधार विस्तारको काम भइरहेकाले अगामी वर्षमा जाजरी झरना, ग्वालादेउ मन्दिरको पूर्वाधार विकास र साइकल पदयात्रा विस्तारको काम गर्ने नगरपालिकाको योजना छ ।

हाटखोली पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउले बजारबाट करिब आठ किलोमिटरको दूरीमा उत्तरचुरे फेदीमा अवस्थित छ । रासस




भर्खरै