२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले काँग्रेस नेताहरुमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाउनुभएको आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ ।

सोमवार पत्रकार सम्मेलन गरी काँग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौति दिनुभएको हो । उहाँले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाउनु भयो । उहाँले नेपाली काँग्रेसलाई र काँग्रेसका नेताहरुलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग गरेको छ । यो हाम्रो ठहर हो । उहाँले जसरी नेपाली काँग्रेसलाई र काँग्रेसका नेताहरुमाथि जसरी लाञ्छना लगाउनु भयो, जसरी प्रश्न उठाउनुभएको छ, हामी चुनौति दिन चाहन्छाँै, चुनौतिपूर्वक भन्न चाहन्छाँै, तपाईं छानबिन, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको त्यो काम हो, प्रश्न सोध्ने काम होइन । सबै घटनाको छानबिन गरेर प्रमाणित गर्नुस् चुनौति छ । तपाईंले यति धेरै लाञ्छना लगाउनुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नुभएन भने के हुन्छ त्यो कुरा भोलिका दिनमा व्यहोर्नु पर्ला ।’

उहाँले सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको बताउनु भयो ।