२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काँग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा काँग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गर्नुभएको भन्दै काँग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताउनु भयो । उहाँले काँग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भएपनि काँग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताउनु भयो । उहाँले माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम काँग्रेसले गरेको बताउनु भयो । उहाँले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर काँग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली काँग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली काँगे्रसले जे गर्‍यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो । मैले सम्मानित आदरणाीय नेता, मैले धेरै आदार पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्दछु । तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ । तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने काँग्रेस हो । बिर्सिनु भयो । हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईंलाई शान्तिमा कसले ल्याएको हो । तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर नेपालको एउटा राजनीतिक दलमा स्थापित गर्न काँग्रेसको सहयोग र भुमिका छैन ? यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने । भोलिका दिनमा मूल्य चुकाउनुपर्ला ? के चुकाउनुपर्छ । तपाईंहरु गैरजिम्मेवार भएर निरंकुशतातिर जाने, सहकारीको रकम हिनाममिना भइसक्यो । फिर्ता गराउने कार्यक्रम र कार्ययोजना छैन । कारबाही गर्ने योजना छैन । नेपाली काँग्रेसका बिरुद्धमा गैरजिम्मेवारपूर्ण ढंगबाट लाञ्छना लगाउने कुरा र बोल्ने कुरा बन्द गर्नुस् । धेरै धम्क्याएर र तर्साएर काँग्रेस धम्किने पार्टी होइन ।’

उहाँले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको काँग्रेसको ठहर रहेको बताउनु भयो ।