२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गर्नुभएको छ ।

पद र कुर्सीका लागि नेताहरु राष्ट्रिय हितमा अडिन नसक्ने मुलुक एकदमै कमजोर अवस्था पुगेको उहाँको तर्क थियो । सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरु पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकि कामहरु पनि ओझेल परेको दाबी गर्नुभयो । उहाँले नेपालको संविधान विगतका सबै संविधानहरुभन्दा उत्कृष्ट भएपनि त्यसको कार्यान्वयनमा लाग्ने काममा नेताहरु पछि परेको बताउनु भयो । महासचिव चन्दले बेपत्ता योद्धाहरुलाई राष्ट्रिय सम्मान गर्ने कुरामा राज्यले स्वामित्व लिने कुरामा ढिलाई गर्न नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले त्यतिबेला पनि भनेका थियौ–राजनीतिक दलहरुको बीचको सहकार्यबाट एउटा गणतन्त्रसम्मको अथवा लोकतन्त्रसम्मको यात्रा आवश्यक छ भन्ने कुरामा हामी एकमत हो । र हामीले भन्दै आएको कुरा पनि हो । र यो प्रगतिशील कुरा पनि हो । संविधानमा पनि केही कुरा छैन भन्ने होइन । संविधानमा धेरै महत्वपूर्ण कुराहरु पनि उल्लेखित छन् । यो संविधान पुरानो गएगुज्रेको हो भन्ने सत्य होइन । विगतका सबै संविधान भन्दा यो संविधान परिवर्तनशील र प्रगतिशील छ भन्ने कुरा साँचो कुरा हो । त्यहाँसम्म त भयो । नेपालको राजनीतिक आन्दोलन आत्मनिर्भर बन्न सकिराखेको छैन । नेपालको राजनीतिक आन्दोलन देशलाई केन्द्रविन्दुमा राखेर जान सकिराखेका छैन । पार्टीहरु, नेताहरुले आत्मनिर्भर तरिकाले निर्णय लिन सकिराखेका छैनन् । कतैन कतैबाट प्रभावित हुन्छन । टुटफुटदेखि लिएर सरकार ढल्ने, बन्ने भन्ने कुरा सबै पार्टी भित्र यो बहस छ ।

अहिले हामी यसो बाहिर हेर्छाै–नेपाल एकदम कमजोर भएको देख्छौं । हामी सरकारमा त छैनौं । तर समाजमा त हामी छौं । राजनीतिमा पनि छौं । हेरिराखेका छौं । र नेपालका नेताहरुमा एउटा बेचैनि, घेराबन्दी परेको देखिराखिएको छ । घरघरमा क्यापियनहरु देखिन्छन । यो १८ वर्षले के देखाउँछ भने जव अगाडि कुर्सी र पदहरु आईपुग्छन् नि, त्यसपछि हामी बिचलित भएको देख्छौं त्यहाँ । त्यतिबेला जनताको मुद्दाहरु पनि पर्छ के । वेपत्ताका नागरिकको मुद्दा पनि त्यहीँ हो । वेपत्ता व्यक्तिहरुको खोजविनको कामलाई छिटो निष्कर्षमा लैजानुपर्छ । त्यसको मूल कुरा बेपत्ताहरु यदि यो परिवर्तनका हकदार हुन भने उनीहरुको स्वामित्व राज्यले लिनुपर्छ । कम्तिमा बोल्नु पर्छ । छिटो भन्दा छिटो बोल्नु पर्छ । यो विषयमा प्रधानमन्त्री प्रचण्डसँग पनि हाम्रो कुरा भईराखेको छ । उहाँले पनि बोल्नु पर्छ त भनिराख्नु भएको छ । तर १८ वर्ष वितिसक्यो । यही कुरा शेरबहादुर देउवा, केपी ओली कमरेड प्रधानमन्त्री हुँदा पनि हामीले बोल्नुपर्छ भनेका थियौ । तर सबैले बोल्नु पर्छ त भन्नु हुन्छ । तर बोल्न कसरी चाहेको हो भन्ने कुरामा अलमल देखिन्छ । त्यसकारण कम्तिमा सो विषयमा बोल्नु पर्‍यो ।’

महासचिव चन्दले मुलुकलाई अघि बढाउन नेताहरुले आत्मनिर्भरताको बाटो रोज्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।