२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गर्नुभएको छ ।

पूर्वराजा शाहले सोमवार अपरान्ह पाटन दरबारको भ्रमण गर्नुभएको हो । भ्रमणको क्रममा उहाँलाई सयौँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरेका थिए ।उहाँले पाटनको गोल्डेन टेम्पल, बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतमा पूजाआजासमेत गर्नुभएको थियो ।

नेपालको राष्ट्रिय झन्डा लिएर उपस्थित भएका समर्थक तथा शुभचिन्तकहरुले पूर्वराजा शाहको जयजयकार समेत गरेका थिए । भ्रमणका क्रममा उहाँले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पुजाआजा गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल