२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका



अ+ अ-

एजेन्सी । ज्याक फ्रेजर म्याकगर्कले अन्ततः अष्ट्रेलियाको टोलीमा मौका पाएका छन् । आईपीएल २०२४ मा आफ्नो ब्याटले बलरमा डर जगाउने ज्याक फ्रेजर म्याकगर्कलाई अष्ट्रेलियाले आगामी टी–२० विश्वकपका लागि रिजर्भ खेलाडीको रुपमा समावेश गरेको छ ।

म्याकगर्कका अलावा स्पिनर म्याट सर्टलाई पनि रिजर्भ खेलाडीको रुपमा समावेश गरिएको छ ।

आईपीएल २०२४ मा ज्याक फ्रेजरले तुफान प्रदर्शन गरेका थिए । दिल्ली क्यापिटल्सबाट खेल्ने म्याकगर्कले मात्र ९ खेलमा ३३० रन बनाए, जसमा उनको स्ट्राइक रेट २३४.०४ थियो । जब अष्ट्रेलियाले टी–२० विश्वकप २०२४ को लागि प्रारम्भिक टोली घोषणा गर्दा ज्याक फ्रेजरलाई समावेश गरिएको थिएन ।

अष्ट्रेलियाका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले फ्रेजर अन्तिम १५ मा स्थानका लागि गम्भीर दावेदार रहेको बताए । उनले भने कि म्याकगुर्क शीर्ष–१५ मा छनोट भएनन् किनभने शीर्ष क्रम अनुभवी खेलाडीहरूले भरिएको छ, जसमा डेभिड वार्नर, ट्राभिस हेड, मिचेल मार्स र क्यामरन ग्रीन जस्ता नामहरू छन् ।

अष्ट्रेलियाले आगामी टी–२० विश्वकपमा आफ्नो अभियान ६ जुनमा ओमानविरुद्ध खेल्दै सुरु गर्नेछ ।

अष्ट्रेलिया टोलीः मिचेल मार्स (कप्तान), एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा ।

ट्राभलिङ रिजर्भ – ज्याक फ्रेजर म्याकगर्क र म्याट शर्ट ।